क्रिकेट रंगशाला बनाउँदा १६ करोड ऋण लागेपछि धुर्मुस सुन्तलीले झिके हात, अब कसले तिर्छ पैसा

निकै महत्वकांक्षी योजना लिएका धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले क्रिकेट रंगशाला निर्माणको काम रोकेका छन् । निर्माणमा १६ करोड ऋण लागेपछि ुधुर्मुस–सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकेको हो । उनीहरुले काम रोकेपछि अब त्यो ऋण कसले तिर्छ भन्ने प्रश्न उब्जिएको छ ।

सिताराम कट्टेलले करिब एक महिना देखि निर्माणको काम रोकिएको जानकारी दिएका छन् । कोभिडका कारण सहयोग उठाउन नसकेको र अरुवाट सहयोग आउन छोडेको भन्दै उनीहरुले काम रोकेका छन् । जसको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको थियो ।

रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भइसकेको धुर्मुसले बताएका छन् । अझै निर्माण सम्पन्न गर्नका लागि २ अर्व रुपैया आवश्यक पर्ने उनको भनाई छ । अहिले सम्म ६५ प्रतिशत काम बाँकी नै छ । ऋण मात्रै १६ करोड नाघेपछि धुर्मुस रंगशाला निर्माणमा रोकिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला

Leave a comment

Your email address will not be published. Required fields are marked *