असोज ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ । यात्रा पनि हुन सक्छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला । भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ । रुपैँया पैसा भने खर्च गर्नुपर्नेछ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले पनि सताउन सक्छ ।

Ads By Admana
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन, मन लाएर काम गर्नु होला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । समयको भने बचत गर्नुहोला । तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ काम सुरु गर्ने समय छ । धन लाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन । नसोचेको ठाँउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ । पारिवारिक समस्या पनि बढ्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला । सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । कसैसँग बढी रिस पनि उठ्ला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ भने कुसैसँग मनमुटाव हुन सक्छ । वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति,

Leave a comment

Your email address will not be published. Required fields are marked *