क्रिकेट रंगशाला बनाउँदा १६ करोड ऋण लागेपछि धुर्मुस सुन्तलीले झिके हात, अब कसले तिर्छ पैसा

क्रिकेट रंगशाला बनाउँदा १६ करोड ऋण लागेपछि धुर्मुस सुन्तलीले झिके हात, अब कसले तिर्छ पैसाक्रिकेट रंगशाला बनाउँदा १६ करोड ऋण लागेपछि धुर्मुस सुन्तलीले झिके हात, अब कसले तिर्छ पैसानिकै महत्वकांक्षी योजना लिएका धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले क्रिकेट रंगशाला निर्माणको काम रोकेका छन् । निर्माणमा १६ करोड ऋण लागेपछि ुधुर्मुस–सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकेको हो । उनीहरुले काम रोकेपछि अब त्यो ऋण कसले तिर्छ भन्ने प्रश्न उब्जिएको छ ।

सिताराम कट्टेलले करिब एक महिना देखि निर्माणको काम रोकिएको जानकारी दिएका छन् । कोभिडका कारण सहयोग उठाउन नसकेको र अरुवाट सहयोग आउन छोडेको भन्दै उनीहरुले काम रोकेका छन् । जसको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको थियो ।

रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भइसकेको धुर्मुसले बताएका छन् । अझै निर्माण सम्पन्न गर्नका लागि २ अर्व रुपैया आवश्यक पर्ने उनको भनाई छ । अहिले सम्म ६५ प्रतिशत काम बाँकी नै छ । ऋण मात्रै १६ करोड नाघेपछि धुर्मुस रंगशाला निर्माणमा रोकिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला

Leave a comment

Your email address will not be published. Required fields are marked *