विश्वविद्यालयमा युवकले गोली चलाउँदा ८ जनाको मृ’त्यु

४ असोज, काठमाडौं । रुसको एक विश्वविद्यालयमा हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी मस्कोबाट ७०० माइल टाढा पर्म शहरस्थित एक विश्वविद्यालयमा आक्रमण भएको हो ।

स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजे विश्वविद्यालयमा प्रवेश गरी १८ वर्षका टिमुर बेक्मानसुरोभले गोली चलाएका थिए । घटनामा परी केही मानिसहरु घाइते भएका छन् ।

सार्वजनिक भएका भिडियोमा विश्वविद्यालयको भवन नम्बर ८ भित्र प्रवेश गर्नुपूर्व बन्दुकधारीले गोली चलाएको देखिन्छ । उक्त भवनको पहिलो तलाबाट विद्यार्थीहरु हाम फालेको फुटेज पनि सार्वजनिक भएका छन् ।
घटनालगत्तै प्रहरीले बन्दुकधारी युवकलाई पक्राउ गरेको थियो । तर क्षेत्रीय गभर्नर डिमित्री माखोनिनले

Leave a comment

Your email address will not be published. Required fields are marked *