अब छोरीको खातामा वार्षिक चार हजार !

खोटाङ, ४ असोज- हलेसी तुवाचुङ नगरपालिकाले छोरीको सम्मान र प्रोत्साहनमा ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको छ । छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरूप नगरपालिकाले आर्थिक वर्ष ०७७–७८ बाट ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको हो ।

‘बालिका बचत’ कार्यक्रमअन्तर्गत नगरपालिकाले १ साउन ०७७ देखि असार मसान्तसम्ममा जन्मिएका छोरीको नाममा खाता खोलेर र तीन वर्षको उमेर पुग्दासम्म वार्षिक चार हजारका दरले खातामा रकम जम्मा गरिदिने गरी कार्यक्रम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राईले बताइन् ।

आव ०७७–७८ भित्र जन्मिएका ४६ जना छोरीको नाममा खाता खोलेर ‘बालिका बचत’ कार्यक्रमअन्तर्गत मासिक चार हजारका दरले रकम जम्मा गरिदिएको नगरपालिकाले जनाएको छ । ११ वडा रहेको नगरपालिकालाई बालिकामैत्री नगर बनाउने लक्ष्यका साथ आव ०७७–७८ को वार्षिक नीति तथा कार्यक्रमबाटै बजेट व्यवस्था गरेर कार्यक्रम सुरु गरिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Posted in समाचार

Leave a comment

Your email address will not be published. Required fields are marked *