पाँच वर्षमुनिका बालबालिकाहरुलाई सङ्क्रमण वढ्दो , उच्च जोखिम देखियो

बाजुरा । जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिनुभयो । गत पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र अझै सङ्क्रमणदर नघटेको जनाइएको छ ।

उहाँले भन्नुभयो “बालबालिकामा देखिएको सङ्क्रमण दर वढ्दो , अस्पतालको क्षमताले भ्याएसम्म उपचार भइरहेको छ ।” अनमी विष्णुकुमारी रावलले जिल्ला अस्पतालमा उपचार हुन नसकेका चार बालबालिकालाई रिफर गरिएको जानकारी दिनुभयो ।

मौसमी सङ्क्रमणजस्तो देखिए पनि ज्वरो र निमोनियाको सङ्क्रमणका बिरामी वृद्धिहुँदै गएको छ । अस्पतालमा दैनिक १५ देखि २० बिरामी उपचारमा आउने सूचना अधिकारी नृपराज गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा १० भन्दा बढी बिरामी भर्ना भइ उपचाररत छन् । खप्तड छेडेदह गाउँपालिका पनि भाइरल ज्वरोका

Leave a comment

Your email address will not be published. Required fields are marked *