हारबाट जोगियो बार्सिलोना

लिगामा बराबरीमै रोकिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ग्रानडासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

ग्रानडाका डोमिङओस डुआर्टीले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले सर्जियो इस्कुडेरोको पासमा गोल गरेका थिए । त्यसपछि हारतर्फ उन्मुख बार्सिलोनाका लागि ९०औं मिनेटमा रोनाल्ड एराउजोले पाब्लो गाभिराको पासमा गोल गर्दै बराबरीमा ल्याए । जारी सिजनमा बार्सिलोनाको यो दोस्रो बराबरी हो ।

बराबरीपछि बार्सिलोना ४ खेलबाट ८ अंक जोडेर सातौँ स्थानमा रहेको छ भने ग्रानडा ५ खेल खेलेर १७औँ स्थानमा छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *