१७ दिन हुँदा पनि किन उठेन सीताको शव, अनुसन्धानमा के गर्दैछ प्रहरी ?

काठमाडौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृ त अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको शव अहिले पनि अस्पतालमै छ । उनका आफन्तले जिम्मा नलिएका कारण अझै अस्पतालमै भएको हो । माइती पक्षले घटना रहस्यम भएको र घटनामा सीताका पतिको परिवार संलग्न भएको आरोप लगाउँदै आएको छ ।

तर पोष्ट मार्टम रिपोर्टमा भने त्यस्तो नदेखिएको प्रहरीले जनाएको छ । प्रहरी वास्तविकताका लागि भिसेरा रिपोर्ट कुरेर बसेको छ । भिसेरा रिपोर्ट आउन एक महिना लाग्ने भएकाले अनुसन्धान पनि ढिलो भएको छ । तीज मान्न माइत गएकी सीतालाई जेठाजुको छोरीको जन्मदिन मनाउन भन्दै घर बोलाइएको थियो । तर भोलीपल्टै उनी मृ त फेला परेकी थिइन् ।

घर परिवारले उनी आफै झु ण्डि एको भनेपनि माइतीले सो कुरा स्वीकार गरेका छैनन् । उनीहरुले सीताका श्रीमान, अमाजु लगायत परिवारका सदस्य विरुद्ध किटानी जाहेरी दिएका छन् । सीताको शव फेला परेको १० दिन पछि मात्र प्रहरीले उनीहरुको जाहेरी लिएको थियो । त्यसका लागि सीताका माइती पक्षले आन्दोलन समेत गर्नु परेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *