तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही

तनहुँ । तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो ।

दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डिबी हमालले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार म्याग्दे गाउँपालिकास्थित गुणादीमा तीव्रगतिमा सवारी चलाउने ११ सवारी चालकलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमध्ये नौ जना मोटरसाइकल, एक जीप र एक बस चालक रहेका छन् । प्रतिघण्टा/किलोमिटर ६० भन्दा बढी गतिमा सवारी चलाउनेलाई कारबाही गरिएको हमालले जानकारी दिनुभयो । प्रहरीले पृथ्वीराजमार्गको तनहुँ खण्डमा अधिकतम ६० र घुम्तीमा ४० प्रतिघण्टा/किलोमिटर गति निर्धारण गरेको छ । “सवारी दुर्घटनाको धेरैजसो कारण तीव्रगति हो, यसलाई नियन्त्रणका लागि राडर गनको प्रयोग गरी कारबाही थालेका हौँ”, उहाँले भन्नुभयो, “यो अभियान निरन्तर रहनेछ ।”***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a comment

Your email address will not be published. Required fields are marked *