कमेडी च्याम्पियन सिजन २ को विजेता’ बनेपछि भरतमणीले के भने ? (भिडियो हेर्नुस्)

काठमाण्डौं । लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको आज फाइनलको उपाधि भरतमणिले जितेका छन् । अन्य दुइ जना कमेडीयन विक्की अग्रवाल र सन्तोष थापालाइ पछाडी पार्दै भरतमणिले उपाधि हात पारेका हुन् । पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन्।

भरतमणी पौडेल विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर चर्चामा थिए । उनले पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, पूर्व युवराज पारस शाह, सांसद योगेश भट्टराई, नेता राजेन्द्र महत्तो लगायतको क्यारिकेचर गरेर दर्शकको मन जितेका थिए । समसामयिक बिषयमा भरतमणीले गर्ने अभिनयले दर्शकलाई आकर्षित गरेको थियो । यसैले, अडिसनमा खासै चर्चामा नआएका भरतमणी उत्कृष्ट २४ बाट भने निरन्तर चर्चामा थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a comment

Your email address will not be published. Required fields are marked *