भिडियो छायांकन सेटमै कलाकार रमेश केसीको निधन

हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको निधन भएको छ । उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए ।

यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अनलाइनखबरसँग भने–‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुग्नुभएको थियो । छायांकन सेटमा पुगेर केही समयपछि उहाँ बेहोस हुनु भयो । बेहोस भए लगतै उहाँलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उहाँलाई मृत घोषित गरिएको हो ।’कलाकार रमेश केसीको अन्त्येष्टी पशुपति आर्यघाटमा गरिदैछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a comment

Your email address will not be published. Required fields are marked *